अभिनयसँगै चलचित्र निर्माणको योजनामा प्रेमनाथ

Read Time = 3 mins

काठमाडौं । प्रेमनाथ झाले आफूलाई मोडलिङमा व्यस्त बनाउँदै लानुभएको छ । देश होस् या विदेश जहाँ रहे तापनि म्युजिक भिडियो अभिनय र कलाकारितालाई उहाँले अँगालिरहनुभएको छ । यतिबेला नेपालमा रहनुभएका झाले बहराइन र दुवई रहँदा पनि म्युजिक भिडियो अभिनयलाई निरन्तरता दिई नै रहनुभयो ।

मोडलिङमा आफूलाई स्थापित गर्नुभएका मिलनसार र मिहिनेती झा अब चलचित्र निर्माण गर्ने योजनामा हुनुहुन्छ । नेपाली कला क्षेत्रको राम्रो सम्भावना बोकेको कलाकारका रूपमा उहाँलाई यस क्षेत्रका अग्रजहरूले हेर्ने गरेका छन् ।

म्युजिक भिडियो अभिनय र कलाकारिता उहाँको सौखमात्र होइन पेशा र लगाव नै भइसकेको छ । मिलनसार र मिहिनेती झा अब चलचित्र निर्माण गर्ने सोच र योजनामा पनि हुनुहुन्छ । ‘अब कलाकारितालाई विस्तार गर्दै यो क्षेत्रको ठूलो हिस्सा मानिने चलचित्र निर्माणतर्फ लाग्ने योजना बनाएको छु,’ उहाँले भन्नुभयो ।

बहराइन र दुवईमा रहँदा केही गीतको भिडियोमा काम गर्नुभएका उहाँ विभिन्न देशका रमणीय शहरमा गएर गीतको भिजियोमा काम गर्ने आफ्नो योजनालाई निरन्तरता दिइरहने बताउनुहुन्छ । ‘अब चाँडै फेरि देशबाहिर गएर नेपाली गीतको भिडियोमा काम गर्ने योजनामा छु । हेरौँ समयले कत्तिको साथ दिनेछ,’ उहाँले भन्नुभयो ।

नेपाली चर्चित गायकहरू प्रमोद खरेल, शिव परियार, यश कुमारलगायतका पुराना–नयाँ गायकहरूको गीतमा झाले मोडलिङ गर्नुभएको छ । ‘रिसाउँदा तिमी...’ ‘तिमीलाई नपाउँदा...’, ‘यो विरानो शहरमा...’ लगायतका गीतमा मोडलिङ गर्नुभएका उहाँ केही चलचित्रहरूमा पनि देखिनुभएको छ । नेपाली कला क्षेत्रको राम्रो सम्भावना बोकेको कलाकारका रूपमा उहाँलाई यस क्षेत्रका अग्रजहरूले हेर्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?