प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका-२ का पदम लिम्बूको मृत्यु भएको छ ।

प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन् ।

सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । तर, मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो । उनको टाउकोमा चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?