लगानी कोष र आइएमई लाइफबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गर्नुभएको हो ।

आइएमई लाइफको एक सय रुपैयाँमा एक सय ७६ प्रिमियम थप गरी दुई सय ७६ रुपैयाँ अंकित दरका एक करोड २० लाख कित्ता सेयरको तीन अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?