भीरबाट खसेर घाइते चिनियाँ पर्यटकको उपचारको क्रममा मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । भीरबाट खसेर घाइते भएका चिनियाँ पर्यटक मृत्यु भएको छ ।

मनाङको नासो गाउँपालिका– २ अवस्थित खोत्रो भिरबाट लडेर घाइते हुनुभएका चिनियाँ पर्यटक झाङ जीको उपचारको क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीका अनुसार मर्स्याङ्दी नदी किनारको गोरेटो बाटोमा अवस्थित जी खोत्रो भीर नजिकवाट २ सय मिटर तल खस्नुभएको थियो । सो घटनाको खबर पाउने बितिक्कै गएका नेपाल प्रहरीले स्थानीय नागरिकको सहयोगमा उद्दार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उहाँलाई थप उपचारका लागि लमजुङको बेसिशहर ल्याए्पनि उपचारको क्रममा उहाँको बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?