निर्देशक प्रताप सुब्बाको निधन

Read Time = 2 mins

काठमाडौं । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । बिहीबार ७८ वर्षको उमेरमा उहाँको भारतको सिलिगुडीमा निधन भएको हो । उहाँ नेपाली मूलका पहिलो भारतीय चलचित्र निर्देशकसमेत हुनुहुन्थ्यो । २०३५ सालमा चलचित्र ‘परालको आगो’मार्फत नेपाली चलचित्रको निर्देशनमा प्रवेश गर्नुभएका सुब्बाले ‘बाँच्न चाहनेहरू’, ‘मसाल’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’, ‘दिदी’, ‘चट्याङ’, ‘भीष्म प्रतिज्ञा’जस्ता व्यावसायिक रूपमा सफल चलचित्रको निर्देशन गर्नुभएको छ ।

४० को दशकमा नेपाल आउनुभएका सुब्बा विभिन्न नेपाली चलचित्र तथा टेलिशृंखलाहरू निर्देशन गरेर ५० को दशकमा पुनः दार्जिलिङ फकिर्नुभएको थियो । पहिलोपटक चलचित्र बनाउन नेपाल आउनुभएका उहाँले राजेन्द्रकृष्ण मानन्धरसँग मिलेर भिडियो चलचित्र ‘बन्द खामभित्र’ निर्माण गर्नुभएको थियो ।

दार्जिलिङमा सन् १९४७ मा जन्मिनुभएका सुब्बाले सातवटा फिचर चलचित्र, ६ वटा वृतचित्र, पाँचवटा भिडियो चलचित्र, १३ वटा टेलिचलचित्र र पाँचवटा नाटकको निर्माण तथा निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?