भोजपुर नगरपालिका आठ पूर्ण खोप सुनिश्चित वडा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । वडा भित्रका सवै बालबालिकाहरुले पूर्ण खोप पाएसँगै भोजपुर नगरपालिका वडा नम्वर ८ पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ ।

राष्ट्रिय खोप तालिका अनुसार वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित वडा घोषणा गरिएको वडाध्यक्ष नविन प्रधानले बताउनुभयो । वडाध्यक्ष प्रधानले भन्नुभयो, “भोजपुर नगरपालिका –८ पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ , वडा भित्रका खोप लिनु पर्ने सवै उमेर समूहका बालवालिकाले खोप पाएसँगै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।”

वडा नम्वर ८ मा रहेको दुम्सिका आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा वडालाई पुर्ण खोपयुक्त सुनिस्चित घोषणा गर्नुको साथै वडाको महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान तथा प्रोत्साहन, गर्भवती भएकाहरु महिलाहरुलाई पोषण युक्त खानेकुरा बितरण कार्यक्रम समेत संचालन गरिएको स्वास्थ्य सेवा केन्द्र प्रमुख मणिकला प्रधानले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?