दुई कृति ‘बेग्लै आकाश’ र ‘खटप्वाल’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कथाकार प्रमोद प्याकुरेलको उपन्यास ‘खटप्वाल’ र घनेन्द्र ओझाको ‘बेग्लै आकाश’ लोकार्पण गरिएको छ । उपन्यास ‘खटप्वाल’ साहित्यकार रमा शर्मा र यादव खरेलले सार्वजनिक गर्नुभयो भने जीवनी तथा व्यक्तित्व समेटिएको कृति ‘बेग्लै आकाश’ पूर्वमन्त्री शंकरप्रसाद कोइराला, पूर्वमुख्यसचिवहरू विमल कोइराला, भोजराज घिमिरे, प्रा.डा.कृष्णहरि बराललगायतका स्रष्टाले संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो । दुवै कृति पेज टर्नर प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । कार्यक्रममा अनलाइन साहित्य पत्रिका निरुपण डट कम र बाल पत्रिका ट्वीलाईट डट कमको पनि लोकार्पण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?