प्रभु क्यापिटल र सुरी हाइड्रोबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न सम्झौता भएको छ । सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावरतर्फबाट अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गर्नुभएको हो ।

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रवद्र्धन गरेको सुरीखोला जलविद्युत् आयोजनाको ६.४ मेगावाटको विद्युत् गत वैशाख १८ देखि व्यावसायिक उत्पादन सुरु भएको हो । माथिल्लो सुरीखोला जलविद्युत् आयोजनाको सात मेगावाटको भने भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

सेयर रजिष्ट्रारका रूपमा प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरणको अभिलेख राख्ने एवं सेयरधनीको लगत अद्यावधिक गर्नेलगायतका कार्य गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?