चितवन २ मा रविलाई १७ सय मतको अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिनुभएको छ ।

मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ ।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका श्रेष्ठ, नेकपा एमालेबाट न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?