बारा २ : उपेन्द्रलाई ६०० मतको अग्रता, शिवचन्द्र कुशवाह पछ्याउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याउनु भएको हो ।

जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाउनु भएको छ। आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाउनु भएको छ ।

बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो ।

महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

मत गणना जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?