माइतीघर मण्डलाको सडकमै सुते वैज्ञानिक महाविर पुन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारसमक्ष चार बुँदे माग राखेर आन्दोलन थाल्नुभएका वैज्ञानिक महाविर पुन माइतीघर मण्डलाको सडकमै रातभर बस्नुभएको छ । उहाँलाई सघाउन केही युवाहरू पनि सडकमै सुतेका थिए ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उहाँले आफूहरु माइतीघर मण्डलाको सडकमा रातभर सुतेर विरोध जनाएको बताउँदै उहाँले जनताहरु सुतिरहे नेपाल नरहे पनि पृथ्वी त रहला नि भन्ने व्यंग्य गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौं जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइ रहनुहोस्, के त होला र ? केही चिन्ता छैन हद भए यही नेपाल त जाला पृथ्वी त रही रहन्छ नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?