एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको हो ।

नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेल पहिलो इनिङमा २३.३ ओभर खेल भइरहँदा पानी परेपछि करिब २ घण्टा खेल अवरुद्ध भएको थियो ।

त्यसपछि पानी रोकिएर सुरु भएको खेलमा नेपालले कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण फेरि रोकियो । भारी वर्षा भएपछि नेपाल र कुवेतबीचको खेल रद्द भयो ।

कुवेतले २० ओभरसम्म नखेलेको र डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन हुन पुग्यो ।

उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्‍यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।

अब फाइनल खेल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?