एसीसी प्रिमियर कपः नेपालको सानदार जीत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा यूएई बिरुद्ध नेपालले सानदार जीत निकालेको छ ।

यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउदै नेपालले जीत निकालेकाे हाे ।

यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०।३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?