सालाहको निर्णायक गोलमा लिभरपुल विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल विजयी भएको छ ।

शनिबार राति भएको इंग्लिश प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्दै लिभरपुल विजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै १–० को अ अग्ता कायम गराउन सफल भए ।

त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो ।

लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौं स्थानमा सिमित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?