वर्तमान शिक्षानीति र पाठ्यक्रम परिमार्जन आवश्यक

Read Time = 15 mins

सम्वत् २०७९ साल नेपालीको घरआँगनबाट भर्खर बिदा भएर गएको छ । साल त ज्योतिषीय गणनानुसार १२ महिनापछि आउने र जानेक्रम चलिनै रहन्छ । तर, त्यो बितेका वर्षले समाजमा, राष्ट्रमा के सकारात्मक परिवर्तन वा उपलब्धि ल्याउन सक्यो ? त्यो महत्वपूर्ण कुरा हुन्छ । परिवर्तन त भौतिक जगतमा प्राकृतिक रूपमै पनि आफसे आफ भइनै रहन्छ तर ती परिवर्तन नकारात्मक पनि हुनसक्ने हुनाले त्यसलाई मानवीय क्षमता र शक्तिले भ्याएसम्म रोकथाम गरी सकारात्मक परिणाम प्राप्त गर्ने मानवीय प्रयास अनादि कालदेखि निरन्तर चल्दै आइरहेको छ/चलिरहनुपर्छ । मानव जातिले आफ्नो ज्ञान र चेतनाले सक्दो प्रकृतिको संरक्षण गर्दै समाज र राष्ट्रको अहित नगरी भलो हुने काममा लागि रहनुपर्ने हुन्छ ।
त्यसविपरीत आजमानिसले प्रकृतिको अत्यधिक दोहन गर्दा भीषण प्राकृतिक प्रकोपहरूको सामना गर्नु परिरहेर जनजीवन अस्तव्यस्त भइरहेका छन् । अर्कोतर्फ अचेल समाजिक मूल्यमान्यतालाई लत्याएर हत्याहिंसा, लुटपाट, बलात्कार, अपहरणजस्ता कुकृत्य समाजमा अचाक्लि बढ्दै गएका छन् । अराजकता फैलिइरहेका छन् जसले गर्दा मानिसले आफू असुरक्षित भई त्रासमा बाँच्नुपरेकोे अनुभव गरिरहेका छन् । अचेल हाम्रो समाजको अवस्था अति दयनीय भएर अराजकताको भासतर्फ धकेलिँदै गएको दिनहुँ दिनदहाडै घटित घटनाहरूबाट स्पष्ट भइरहेका छन् । यहाँ नैतिकता हराएको, इमान र जमानको ठेगान नभएको एकले अर्कोलाई उन्नति गरेको देखिनसक्ने र अनैतिक हतकण्डासमेत अपनाई अर्कालाई धुलिसात गर्न कुनै कसर बाँकी नराख्ने गरेको देखिन्छ । त्यतिमात्र कहाँ हो र बलात्कार, हत्याहिंसा, ठगी, लुटपाट, मानव ओसारपसार एवम् बिक्री गर्नेसम्मको विकृतिहरू आएका दिनमा अरू झाँगिँदै गएको देखिन्छ ।

पैसाको लोभमा सामन्ती मिटरव्याजीहरूले दलित गरिब अशिक्षितहरूलाई नगद दिएका रकमभन्दा दोब्बर तेब्बर तमसुक लेखी ऋणीबाट ल्याप्चे लाउने गरेको छ र ऋणीले एकमुष्ठ तिर्न नसकी किस्तामा तिरेको रकमको कुनै हिसाबकिताबै नगरी अन्तमा ऋणीको घरखेत के छ सबै हडप गरी उठीबास गरिदिने गरेको तथ्य उजागर हुन आएको छ । सरकार भने यस्ता सामन्तहरूको पृष्ठपोषक भई आन्दोलनकारीलाई झुठा आश्वासनमा दिई झुलाइराखेको छ । सरकार भनेको राज्यका हरेक क्षेत्र, तह र तप्काका जनतालाई अरूबाट हुने अन्याय, अत्याचार र शोषण उत्पीडनबाट रक्षा गर्दै न्याय दिई अभिभावकत्व प्रदान गर्नुपर्नेमा उल्टै समाजका शोषकहरूको संरक्षणमा लागेको देखिन्छ ।

अचेल हाम्रो समाजको अवस्था अति दयनीय भएर अराजकताको भासतर्फ धकेलिँदै गएको छ । यहाँ नैतिकता हराएको, इमान र जमानको ठेगान नभएको एकले अर्कोलाई उन्नति गरेको देखिनसक्ने र अनैतिक हतकण्डाहरूसमेत अपनाई अर्कालाई धुलिसात गर्न कुनै कसर बाँकी नराख्ने गरेको देखिन्छ ।

यस्ता पुराना नेताहहरूबाट आजित भएर जनताले केही राम्रो गर्लान् भनी गतवर्षको वैशाख र मंसिरमा सम्पन्न स्थानीय र आमचुनावमा जिताएर पठाएको केही नयाँ अनुहारहरूले खासै आस जगाउने खालका देखिएनन् । कम समयभित्र पनि रा.स्व.पा.ले जुन चुनावी नतिजा ल्याउन सफल भयो त्यस्ले नेपाली जनतामा उत्साह र आशा पलाएको थियो । तर पार्टी सभापति रवि लामिछानेको नागरिकता र पासपोर्ट मुद्दाले रविको छवि अलि धमिलिएको आभास दिइरहेको छ । अझ उक्त पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले स्वास्थमन्त्री हुनका लागि पार्टीको कोर समूहलाई दिन भनी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको काण्डबाट पार्टीको छविसमेत धुमिल हुन पुगेको छ । अझ रा.स्व.पा.पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुनुभएका सातादिन पनि नपुग्दै पुँजीकरण विभागले निर्धारित प्रकयालाई उपेक्षा गरी सात दिनकै सूचनाको आधारमा पर्याप्त बोलपत्र नपर्दै, ल्याएको एउटै बोलपत्रलाई बुझ्नुपर्ने आवश्यक कुरा बुझ्दै नबुझी स्वीकार गर्ने मन्त्रिस्तरीय निर्णय गरी आफ्नो छविलाई धमिल्याउनु भएको छ ।

राष्ट्रिय परिचयपत्रको वैयक्तिक र जैविक विवरण शुल्क लिई रुजु गरी प्रमाणित गर्न निजी कम्पनी एड्भान्टेज इनटरनेसनललाई ठेक्का दिइएको थियो । यस सम्बन्धमा प्रक्रिया मिची काम गर्ने पञ्जीकरण विभागका महाानिर्देक र निर्देकशहरू क्रमशः तीर्थराज भट्टराई र मुकेश रेग्मी गृहमन्त्रालयमा छानविनका लागि तानिएका छन् । उजागर हुन आएका यस्ता गतिविधि र परिदृश्यले आमजनताले आश गरेको नयाँ पिँढीले आस जगाउन सकेको छैन । स्थानीय तहहरूमा निर्वाचित स्वतन्त्रहरूले सार्वजनिक पद धारण गरेपछि जनसमर्थन जुटाउँदै नियम कानुनले दिएको अधिकार प्रयोग गरी काम गर्दै जानुपर्छ । सरकारी ओहदाधारीले बदला लिने भावले कुनै काम गर्नुहुँदैन ।

काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाले पटकपटक अनुरोध गर्दासमेत संघीय सरकारले सहयोग नगरेको भनेर सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोरै नउठाउने हड्ताल गरी प्रतिकार गरिरहेका छन् । नियमकानुनले तोकिएको कर्र्तब्यबाट कोही पनि विमुख भई अटेर गर्न मिल्दैन । सँघीय ढाँचामा तीन तहको सरकारले एक आपसमा समन्वय गरी वार्ताद्वारा समस्याको समाधान निकाल्नुपर्छ, अड्डी लिई हड्ताल गरेर बस्न मिल्दैन । उत्तरदायीपूर्ण सार्वजनिक पद धारण गरेपछि मनभरंगे ताल छाडेर योजनाबद्ध रूपमा एकअर्को तहलाई समन्वय गरी सहयोग गर्दै काम गर्नुपर्दछ । आपसी समन्वयमा त्यसै समाधान भएर जाने कुरा आममानिसको स्वास्थमा नकारात्मक असरसमेत पर्ने स्थिति सिर्जना भएर अदालतसम्म पुग्नुले संघीयताको मर्ममै आघात पुग्ने दखिन्छ । हाम्रो संघीयता निर्माणमा कहाँ के त्रुटि छ ? केलाएर समन्वयकारी सूत्र थप्नुपर्ने देखिन्छ । किनकि सहअसत्वि र सहकार्यका लागि समन्वयकारी भूमिका अनिवार्य शर्त हो । त्यस कारण कुनै एउटालाई मात्र दोष भागी बनाउनु उचित नहोला । संघ पनि यसमा त्यत्तिकै उत्तरदायी हुनुपर्छ । नयाँ जेनेरेसनले पनि समाजमा किन आस जगाउन नसकेको हो ? किन आज नैतिकता र इमानदारीको खडेरी पर्न गएको हो ?

आज मानिसले घोर व्यक्तिवादी चरित्रले ग्रसित भएर आफ्नो स्वार्थसिद्धि हुने काममा मात्र अग्रसर हुन्छन् किन ? सार्वजनिक पद धारण गर्नेहरूले निःस्वार्थ भई जनहितको काम गर्ने अभिभारा बोकेकाले त झन् अचेल सामान खरिद गर्दा समेत कमिसन, सामानको मूल्य अचाक्ली बढाउन लगाउनु र समान खरिद गर्ने निर्धारित प्रक्रियासमेत पूरा नगरी फाष्ट ट्रयाकबाट प्रक्रिया टुंग्याएर हाकाहाकी भ्रष्टाचार गरिरहेका छन् । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा दुई अर्ब उन्नान्सत्तरी करोड चालीस लाख बिगो, जरिबाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको कुरा सार्वजनिक भएको छ ।

बलिबालिकामा नागरिकशास्त्र कलिलै उमेरदेखि पढाउनुपर्ने आवश्यकता देखिन्छ । कलिलो दिमागमा देश–प्रेमका लागि यस देशको सन्तान हौं त्यसैले नागरिकको हैसियतले देशका लागि मेरो काम र कर्तव्य के के हो भन्ने बोध गराउन निम्न माध्यमिक तहदेखि नै नागरिकशास्त्र पढाउनु आवश्यक देखिन्छ ।

अचेल के समाजभित्र के राजनीतिक वृत्तभित्र र के उद्यम व्यवसाय क्षेत्रमा सबैतिर आफ्नो स्वार्थका लागि एकअर्कालाई पछि पार्ने, लुट्ने, भ्रष्टाचार र शोषण गर्नमै लागिपरेको देखिन्छ । मानिसको चरित्र र स्वभावमा यस्तो स्खलन किन र कसरी आएको ? जब कि हाम्रो समाज अनादिकालदेखि सर्बजन हिताय र सर्बजन सुखाय तथा सर्बे भवन्तु सुखिनः को सिद्धान्त अँगाल्दै आएका थिए । हाम्रा समाजका ती ती संस्कारहरू आज कता कसरी हराए ? इमानदारी र नैतिकताको धरातलमा खडा भएका हाम्रोे समाज र त्यही समाजबाट बनेको सरकार आज किन जनहितको कामबाट विमुख भई स्वार्थको बसीभूत भएर कुशासन फैलाइरहेका छन् भन्ने कुरा खोजबिन गर्दै जाँदा हाम्रो वर्तमान शिक्षा नीति र पद्धतिमा त कतै दोष छैन ? भन्नेतर्फ चिन्तन गर्नुपर्ने आवश्यक देखिन्छ । वर्तमानमा अँगालिएको हाम्रो शिक्षानीतिमै दोष छ कि जस्तो लाग्छ । नयाँ शिक्षा–नीतिले हाम्रा पाठ्यक्रमबाट माध्यमिकस्तरसम्म पढाइने गरिएको प्राथमिक संस्कृत–शिक्षाको पाठ्य हटाइदिँदा नीतिश्लोकहरूबाट जुन नैतिकताको र इमानदारीको पाठ हाम्रा कलिला बालबलिकाको मनोमष्तिष्कमा घर गरेर बस्ने गरेको थियो त्यसले नैतिकवान्, चरित्रवान् र सहअस्तित्वको भावना जगाउने गरेर आदर्शवान् नागरिक बनाउने गथ्र्यो ।

साथै बलिबालिकामा सिभिक सेन्स पनि कलिलै उमेरदेखि नै भर्नुपर्ने आटवश्यकता देखिन्छ । कलिलो दिमागमा देश–प्रेमका लागि यस देशको सन्तान होे त्यसैले नागरिकको हैसियतले देशका लागि मेरो काम र कर्तव्य के के हो भन्ने बोध गराउन निम्न माध्यमिक तहदेखि नै सिभिक्स अर्थात् नागरिक शास्त्र पढाउनु आवश्यक देखिन्छ । राज्यप्रति मेरा दायित्व के के हुन् र म राज्यबाट के प्रतिफल पाउँछु । मैले समाजप्रति के कस्तो व्यवहार र आचरण गर्नुपर्छ आदि कुराहरूको ज्ञान सिभिक्सले दिन्छ । त्यस कारण पाठ्यक्रमभित्र यो विषय राख्नुपर्ने देखिन्छ । घरपरिवारभित्र पनि अनुशासन र शिष्टाचारका पाठ सिकाउन छाड्नु हुँदैन, किनभने अनुशासनको अभावमा समाज अराजकतातर्फ लम्किइरहेको देखिएको छ ।

यसका साथै वातावरण संरक्षणको पाठ र प्रदूषण कसरी कम गर्न सकिन्छ यस्ता ज्ञान पनि प्राथमिक कोर्समै समावेश गरी पढाउनुपर्छ । प्रकृतिको अनियन्त्रित दोहनले पर्न सक्ने भावी दुष्परिणामबारे शिक्षा दिनु उत्तिकै जरुरी भएको छ । साथै घरआँगन र विद्यालयहरूमा उत्सर्जन भइरहेको फोहारलाई कसरी विसर्जन गर्ने जथाभाबी फाल्नाले वातावरण प्रदूषित हुन्छ भन्ने ज्ञान दिनुपर्छ । अनि त्यसपछिका उच्चशिक्षाका तहहरूमा व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा आदिका कोर्स राखेर पढाएमा स्वागतयोग्य नै छ ।

नैतिक शिक्षाले समाजलाई आदर्शयुक्त तुल्याउँछ । किनभने भनिएको छ विद्या ददाति विनयम्, विनियम ददाति पात्रताम् । यसको अर्थ भनेको विद्याले मानिसलाई विनयशील बनाउँछ र विनयशीलताले असल पात्र तुल्याउँछ असल पात्र भन्नु असलनागरिक बन्नु हो असल नागरिक नै असल नेता बन्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?