कर्नाटक । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय काङ्ग्रेसले स्पष्ट बहुमत ल्याएको छ ।
दुई सय २४ सदस्यीय विधानसभामा बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्नेमा काङ्ग्रेसले एक सय ३६ सिट जितेको छ ।
सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) ६५ सिटमा खुम्चिएको छ । सत्तारुढ भाजपाले हार स्वीकार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले कर्नाटक राज्यमा बहुमत हासिल गरेकोमा काङ्ग्रेसलाई बधाई दिए ।
कर्नाटकमा अघिल्लो चुनावमा भाजपाले एक सय चार सिट जितेको थियो । यस पटक काङ्ग्रेस ऐतिहासिक पुनरागमन गर्न सफल भएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर