एनएमबी र स्मार्ट च्वाइसबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी र एनएमबी बैंकबीच विभिन्न डिजिटल च्यानल सेवा प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र एनएमबी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्ने लक्ष्यलाई आत्मसात गर्दै बैंकले ग्राहकको बदलिँदो वित्तीय प्राथमिकता सम्बोधन गर्न विभिन्न प्रकारका ग्राहकमैत्री योजना प्रस्तुत गर्दै आएको छ ।

दुई संस्थाबीचको सम्झौताले ग्राहकलाई विभिन्न डिजिटल च्यानल प्रयोग गर्न प्रोत्साहन गर्दै डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त गर्नसमेत भूमिका खेल्ने बैंकको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?