शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र र फ्रेण्ड्सबीच बराबरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल २०७९ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र फ्रेण्ड्स क्लबबीचको खेल दुई-दुईको बराबरीमा सकिएको छ । दशरथ रंगशालामा बिहीबार फ्रेण्ड्सले दुईपटक अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । फ्रेण्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले गोल गर्दा मच्छिन्द्रका लागि दुवै बराबरी गोल ओलावाले आफिजले गर्नुभयो ।

खेलको ६७ औँ मिनेटमा फ्रेण्ड्सका प्रकाश बुढाथोकीले गोल गर्नुभएको थियो । मच्छिन्द्रले ७०औँ मिनेटमा बराबरी गोल फर्कायो । युता सुजुकीको कर्नरमा ओलावाले आफिजको हेडरमार्फत् गोल फर्काउनुभयो । ७९औँ मिनेटमा फ्रेण्ड्सका लागि रफिक अमिनुले पुनः अर्को गोल गर्नुभयो ।

८३औँ मिनेटमा मच्छिन्द्रका लागि आफिजले नै पुनः बराबरी गोल गर्नुभयो । ९०औँ मिनेटमा गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गर्नुभयो । इन्जुरी समयमा आफिजले खेल जिताउने सुवर्ण अवसर गुमाउनुभयो । यस बराबरीसँगै मच्छिन्द्र १९ खेलमा ३१ अंकसाथ तेस्रो स्थानमा कायम छ । फ्रेण्ड्सको १९ खेलमा २१ अंक रहेको छ ।

यस्तै, च्यासल मैदानमा भएको मनाङ मस्र्याङ्दी र संकटाबीचको खेल दुई-दुई को बराबरीमा टुंगिएको छ । कोफी कोउडुको दुई गोलमा दुईपटक अग्रता लिए पनि संकटाका युसुफ अत्रिस र मनिष डाँगीले बराबरी गोल फर्काउनुभयो ।

त्यस्तै, अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीचको खेल दुई-दुई गोलको बराबरीमा रोकियो । मनाङका लागि कोफी कुडोले दुई गोल गर्नुभयो । संकटाका युसेफ एट्रिस र मनिष डाँगीले एक-एक गोल गर्नुभयो ।

मनाङले दुईपटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नुपरेको हो । खेलको १९औँ मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर, ४४ औँ मिनेटमा युसेफले गोल गर्दै संकटालाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

खेलको ४५औँ मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई दुई-एकको अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ५२औँ मिनेटमा मनिषले गोल गर्दै संकटालाई दुई–दुई गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । मनाङ सातौँ स्थानमा उक्लिएको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ । संकटा आठौँ स्थानमा उक्लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?