‘निर्माताले भित्री वस्त्र हेर्न चाहे’

Read Time = 3 mins

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गर्नुभएको छ । उहाँले विगतमा चलचित्र छायांकनको दौरान आफूलाई एक निर्माताले गरेको व्यवहारबारे उक्त अन्तर्वार्तामा उल्लेख गर्नुभएको हो । पहिला उहाँले उद्योगको नातावादको कुरा गर्नुभयो भने पछि उहाँलाई बलिउडमा के-कस्तो व्यवहार गरियोसम्मको खुलासा गर्नुभएको छ । उहाँले अन्तर्वार्तामा बलिउडमा छायांकनका समयमा एक निर्देशकले आफ्नो अण्डरवेयर हेर्न चाहेको खुलासा गर्नुभएको छ ।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो । उहाँ उद्योगमा नयाँ हुनुहुन्थ्यो र उहाँले अण्डरकभर एजेन्टको भूमिका निभाउनुपर्ने थियो । यो चरित्रका लागि उहाँले एक यस्तो निर्देशकसँग काम गरिरहनुभएको थियो, त्यस्तो निर्देशक उहाँले आजसम्म भेट्नुभएको छैन ।

यो चलचित्रको एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो । जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो ।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिन् । तर, निर्देशकले उहाँको अण्डरवेयर हेर्न चाहेको बताएका थिए । ‘तिमीले अण्डरवेयर देखाएनौ भने यो चलचित्र हेर्न दर्शक किन आउने ?’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिनुभयो । निर्देशकको यो प्रस्तावपछि प्रियंकाले उक्त चलचित्र नै छोड्नुभयो ।

अहिले प्रियंका बलिउडमात्र नभएर हलिउडमा पनि छाउनुभएकी अभिनेत्री हुनुहुन्छ । निक जोनससँग विवाह गरेपछि उहाँ अहिले अमेरिका बस्नुहुन्छ । हाल उहाँ ‘द रुसो ब्रदर्स’ले निर्माण गरेको चलचित्र ‘सिटाडेल’मा व्यस्त हुनुहुन्छ । एक्सन जनरामा बनेको चलचित्रमा उहाँलाई हलिउड अभिनेता रिचर्ड म्याडेनले साथ दिनुभएको छ ।

प्रियंकाले चलचित्रमा एक स्पाईको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको पछिल्लो चलचित्र अमेरिकी पटकथा लेखक तथा चलचित्र निर्देशक जेम्स सी स्ट्राउजको ‘लभ अगेन विथ स्याम हृयुगन’ हो । उहाँ अब फरहान अख्तरको चलचित्र ‘जीले जरा’मा आलिया भट र कट्रिना कैफसँगै देखिने हुनुभएको छ । उहाँको जोन सीना र इड्रिस एल्बासँगको अर्को चलचित्र ‘हेड अफ स्टेट्स’ पाइप लाइनमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?