मिस मगरका प्रतियोगीले देखाए प्रतिभा

Read Time = 2 mins

काठमाडौं । मिस मगर इन्टरनेशनलको पहिलो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएकोे छ । काठमाडौंमा आयोजित कार्यक्रममा १२ प्रतियोगीले आफूभित्र रहेको प्रतिभा देखाका हुन । उनीहरूले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल वाचनलगायत प्रतिभा देखाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योति आले मगर, विशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु रानामगरले प्रतियोगीलाई शुभकामना दिनुभएको थियो ।

मिस मंगोल २०१२ की विजेता सपना रोका मगरले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेशबाबु थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बीच फाइनल हुने जानकारी दिनुभयो । उहाँले यही जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फष्ट रनरअप रेनुका पुन मगर निर्णायक रहनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?