चिया सागरमा ज्योति साहित्य प्रतिष्ठानको ‘चिया कविता’

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा नयाँबानेश्वरको चिया सागरमा ‘चिया कविता’ कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक विशेष समारोहबीच नेपाली साहित्यका स्थापित साहित्यकारहरूको उपस्थितिमा ‘चिया कविता’ कार्यक्रम सम्पन्न भएको हो ।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कवि तुलसी दिवसको प्रमुख अतिथित्यता रहको थियो । सो अवसरमा कवि दिवसले कविहरू ताली र गालीको मोहमा फस्नु नहुने बताउनुभयो । उहाँले प्रत्येक कविले आफ्नो सिर्जनामा मौलिकता गरेर बेग्लै पहिचान बनाउनुपर्ने धारणा राख्दै कविता वाचन गर्नुभएको थियो ।

सुधा मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्व कवि शैलेन्द्र साकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा.विष्णु बिभु घिमिरे, प्राडा हरि शर्मा, प्रा.पुरुषोत्तम दहाल, गजल माली ज्ञानुवाकर पौडेल, प्रा.विधान आचार्य, प्रा.युयुत्सु आर डी शर्मा, प्राडा सावित्री श्रेष्ठ, विजय हितान (ब्रिटेन)ले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट कविहरू विश्वविमोहन श्रेष्ठ, भीष्म उप्रेती, महेशराज खरेल, उत्तम भौकाजी, चन्द्र रनाहाँछले कविता वाचन गर्नुभएको थियो । यस्तै कविहरू राजबाबु श्रेष्ठ ‘सागर’, संगीता ठाकुर, रेणु घिमिरे, कृष्णबहादुर विष्ट, बुद्धिमान महर्जन, रविना स्वार, प्रीति कौर, नारायण निरौला, भुवन थपलिया, कृष्णबहादुर बुसु, पवित्रा अधिकारी, नम्रता श्रेष्ठ, अम्बिका खड्का, केदारप्रसाद मैनालीले आ-आफ्ना रचना सुनाउनुभएको थियो ।

सो अवसरमा चिया सागरका प्रोप्राइटर केशवराज शर्माले नेपालका प्रख्यात कवि कवयित्रीहरूको उपस्थितिले रेष्टुरेन्टको गरिमा बढेको अनुभूति भएको बताउँदै आउँदा दिनमा पनि ज्योति साहित्य प्रतिष्ठानले यस्ता कार्यक्रम गरेमा सहयोग गर्ने प्रतिबद्धना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?