सुदूरपश्चिम सरकार जेठ २४ गते नीति तथा कार्यक्रम ल्याउँदै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २४ गते प्रस्तुत हुने भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको नीति तथा कार्यक्रम २४ गते प्रस्तुत हुने जानकारी गराउँनु भएको हो ।

‘प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेशको नीति तथा कार्यक्रम बुधबार अपरान्ह ४ बजे प्रस्तुत हुने भएकाले सम्पूर्ण माननीयज्यूहरुलाई उपस्थित हुन अनुरोध छ’ सभामुख भण्डारीले भन्नुभयो ।

सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गरेको जनाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताउनुभयो । उहाँले सरकारले समयमै गर्न सक्नु पर्ने सामान्य काममा भन्दा भ्रमणमै व्यस्त देखिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो -‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट सभामा पेश हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेश भयो त्यतिनै सभामा हुने छलफल समय कम हुन्छ ।’

उहाँले सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नु लगायतले सरकार कुन गतिले अघि बढेको छ भन्ने देखाइरहेको बताउँनुभयो ।

नेता पाठकले भन्नुभयो - ‘सरकारले अहिले सम्म पूर्णता नपाएकै कारणले नीति तथा कार्यक्रम समयमै सार्वजनिक गर्न नसकेको हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?