बजाजको २५ वर्षे लिडरसिप योजना सम्पन्न

Read Time = 1 min

काठमाडौं । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले रजत जयन्तीका अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न भएको छ ।

अभियानको एक हिस्साका रूपमा बजाजले ग्राहकलाई आकर्षक अफर उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ विकल्प, १० हजारसम्मको स्योर सट नगद छुट र भाग्यशाली २५ जनाले एक केजी चाँदी जित्ने अवसर थियो ।

अफरबारे बोल्दै कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले भन्नुभयो, ‘यो अभियान हालसम्मको यात्रामा हाम्रा ग्राहकले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?