यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ रहने

Read Time = 2 mins

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने जनाएको छ । सरकारले गरेको आर्थिक वृद्धिदरको अनुमानभन्दा विश्व बैंकले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर बढी हो । यसअघि गत जनवरीमा विश्व बैंकले यो वर्षका लागि ५.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा त्यसलाई १ प्रतिशतले घटाएको छ ।

विश्व बैंकले ग्लोबल इकोनोमिक प्रस्पेक्ट्सिका अनुसार आगामी आवमा ४.९ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ । नेपाल सरकारले आगामी वर्ष छ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ । चालु आवमा दक्षिण एसियामा भारतको सबैभन्दा धेरै ७.२ प्रतिशतको अनुमान गरिएको छ भने माल्दिभ्स ६.६, बंगलादेश ५.२, भुटान ४.५, पाकिस्तान ०.४ र श्रीलंकाको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै, चालु आवमा विश्वको औसत आर्थिक वृद्धिदर २.१ प्रतिशत र आगामी आर्थिक वर्ष २.४ प्रतिशत पुग्ने प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?