रास्वपामाथि दलहरूको घेराबन्दी बढ्यो : लामिछाने

‘नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत’

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध अन्य दलले घेराबन्दी गरिरहेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावमा विजयी हासिल गर्ने पक्कापक्की भएपछि अन्य दलले घेराबन्दी गरिरहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दै छन् । सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । उहाँले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने पनि बताउनुभयो ।

उहाँले नेपाली जनताले सोचेको परिवर्तनलाई जनताको भाका टिपेर पार्टीको सुरुवात गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रूपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’

सभापति लामिछानेले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको औँल्याउनुभयो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसद्मा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उहाँको ठहर छ । उहाँले वैवाहिक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहे पनि संसद्मा नलगीकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताउनुभयो । आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताउनुभयो । उहाँले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आहृवान गर्नुभयो । उहाँले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?