एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न माग

हिमालय टाइम्स
Read Time = 3 mins

सिओल । दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन् ।

दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो । एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई वेवास्ता गरिएकाले विधान संशोधन गरेर जेजुको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । दक्षिण कोरियामा एनआरएनएको एउटै कमिटी रहेकोमा जेजुमा रहेका नेपालीले प्रान्तीय समिति पनि गठन गरेका हुन् । बैठकले दक्षिण कोरियाको सदस्यतावापत बुझाउनुपर्ने रकमको पचास प्रतिशत जेजु कार्यसमितिले खर्च गर्न पाउनुपर्ने निर्णय गरेको छ ।

कोरियाको सदस्यताका लागि २० हजार कोरियन बोन बुझाउनुपर्ने व्यवस्था छ । जेजु प्रान्तीय समितिले क्षेत्रीय कार्यालय व्यवस्थापन र नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि सदस्यताको पचास प्रतिशत रकम आफूले खर्च गर्न पाउनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।

जेजु प्रान्तको अधिवेशन जुन १८ मा गर्ने निर्णय भएको छ । क्षेत्रीय कार्यसमितिको निर्वाचनमा एनआरएनको सदस्यता दर्ता प्रक्रियामा भाग नलिएको भएपनि निर्वाचनमा भाग लिन पाउनुपर्ने र कार्यसमितिको उम्मेदवारले भने अनिवार्य सदस्यता दर्ता गरेको हुनुपर्ने निर्णय बैठकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?