एपिएफ मुख्यमन्त्री कप भलिबलको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । कोशी प्रदेशलाई सोझो सेटमा हराएसँगै विभागीय टिम एपिएफ क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा जारी प्रतियोगिताका समूह चरणका दुवै खेलमा जित निकाल्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मंगलबार बिहान भएको खेलमा एपिएफले आयोजक कोशी प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकाल्यो । एपिएफले कोशीविरुद्ध २५-६, २५-६ र २५-४ को सहज जित निकालेको थियो । यसअघि सोमबार राती भएको उद्घाटन खेलमा एपिएफले बागमती प्रदेशलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २३-२५ ले गुमाएको एपिएफले त्यसपछि २५-२२, २५-१७ र २५-१८ को सेट हात पार्दै बागमतीमाथि पुनरागमन जित दर्ता गरेको थियो । खेलको प्लेयर अफ द म्याच एपिएफकी सरस्वती चौधरी हुनुभयो । उत्कृष्ट लयमा रहेको एपिएफ दुई खेलमा ६ अंकसहित समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव हंशराज वाग्लेले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउनेछन् । बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबेरोलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?