आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?