जुम्लाका स्थानीय तहलाई दुई अर्ब ३७ करोड विनियोजन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरि आठवटा स्थानीय तहलाई संघिय सरकारले चालु तथा पूँजिगत खर्चकालागि दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेखभए अनुसार आगामी आर्थिक वर्षकालागि जुम्लाका स्थानीय तहहरुलाई दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो । यहाँका स्थानीय तहहरुको लागि साधारण तथा पूँजिगत खर्च समेतका लागि सो रकम विनियोजन गरिएको वित्तीय हस्तान्तरण २०८०/८१ मा उल्लेख गरिएको छ । संघीय सरकारबाट स्थानीय तहहरुकालागि विनियोजित रकम मध्ये जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको लागि ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ ।

सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाको लागी ३१ करोड ९० लाख तथा सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई २१ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ । जिल्लाका अन्य सथानीय तहहरुमा तातोपानी गाउँपालिकालाई ३१ करोड ५ लाख, कनकासुन्दरी गाउँपालिकालाई २९ करोड ३६ लाख तथा हिमा गाउँपालिकालाई २९ करोड ७१ लाख रकम विनियोजन गरिएको छ ।

यस्तै पातारासी गाउँपालिकालाई २६ करोड ८१ लाख तथा सिंजा गाउँपालिकालालाई २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ । संघिय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहहरुलाई समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पूँजिगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?