९.९९ ब्याजदरमै हुण्डाइका विद्युतीय गाडी

Read Time = 1 min

काठमाडौं । नेपालस्थित हुण्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरणमैत्री भविष्य प्रवद्र्धन गर्ने प्रतिबद्धतासाथ हुण्डाइले प्रभु बैंकसँगको साझेदारीमा यस्तो योजना ल्याएको हो ।

योजनाअन्तर्गत खरिदकर्ताले पहिलो वर्षका लागि ९.९९ प्रतिशत ब्याजदरमा हुण्डाइ कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार हुण्डाइ कोना र आयोनिक ५ नेपालमा धेरै रुचाएका विद्युतीय गाडी हुन् ।

विभिन्न तीन भेरियन्टमा उपलब्ध कोना एनएसको मूल्य ६० लाख ९६ हजार, कोना जिएलको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ र कोना जिएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको छ । आयोनिक ५ जिएलएस भिजन रूफ भेरियन्ट एक करोड दुर्ई लाख ९६ हजार रुपैयाँमा उपलब्ध रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?