मकै बाली गोड्दा गाइने ‘रामदली’ गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । रामेछाप जिल्लालगायत अन्य ३२ वटा जिल्लामा प्रचलित भाकालाई समेटेर बनाइएको मकै बाली गोड्दा किसानले गाउँने ‘रामदली’ नामक एक प्रकारको गीत अहिले लोप हुँदै गएको छ । पछिल्लो युवा पुस्ता विदेश पलायन हुँदै जानु र कृषिमा आधुनीकरणले छाउँदै गएपछि रामदली भाकाले चिनिने गाउँले घाँसेगीत पनि लोप हुँदै गएको छ ।

आदिवासी/जनजाति समुदायले विशेष गरेर सामूहिक रूपमा मैकै बाली गोड्दा वैशाख तथा जेठ महिनामा गाइने एक प्रकारको गीत हो रामदली । पहिला पहिला धेरै मकै गोड्ने काम पर्दथ्यो र धेरै जाना जम्मा भएर रामदली खेलाइन्थ्यो, ‘यही हो रामदल’ भनेर समूहले एकै स्वरमा गाइने रामदलीको आफ्नै मौलिता र पहिचान छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मौलिक परम्परामा आधारित गीत ‘रामदली मकै गोड्ने भाका’को भिडियोसहित पर्फोर्मिंग आर्ट क्रियशनले सार्वजनिक गरिएको छ ।

गीतमा दीपक लाखे र अञ्जना सारु मगरको स्वर छ भने शब्द तथा संगीत दीपककै छ । कमल एक्चै मगरले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा छायांकन गरिएको हो । चक्रबहादुर महर्जनले छायांकन गरेको भिडियोमा ड्रोन पाइलट मृगेन्द्रराज भण्डारी हुनुहुन्छ । भिडियो पर्फोर्मिंग आर्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?