नेप्से परिसूचक ११.६९ अंकले वृद्धि

Read Time = 2 mins

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

आईतवार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ । आईतवारको तुलनमा करिव १ अर्ब बढीले गिरावट आएको हो । आईतवार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आईतवारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा जलविद्युत,जीवन बीमा,निर्जीवन,अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबै भन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, विपीओ वित्तीय संस्था लगायत अन्य सात वटा कम्पनीको ९.९९ले प्रतिशतले बढेको छ । तर यता सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ । सोमवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?