पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको सूची सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विसं २०७९ सालमा प्रकाशित तथा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकहरूमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा प्रेषित विज्ञप्तिमा निर्णायक समितिले प्रतिष्ठानलाई १५ पुस्तकको सिफारिश उपलब्ध गराएको उल्लेख छ ।

विज्ञप्तिअनुसार अब दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने उल्लेख छ ।

सिफारिशमा परेका पुस्तकहरूमा इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चिसो बाफ (गोपी सापकोटा), थांग्रा (प्रगति राई), पर्वतपर्वतमा बटुवा घाम (रमेश क्षितिज), पानीघट्ट (सुरेश प्राञ्जलि), ब्रहृमास्त्र (शैलेन्द्र अधिकारी), बाआमा (रामलाल जोशी), भग्न भैरव (प्रोल्लास सिन्धुलीय), मनु (डा.देवीप्रसाद सुवेदी), मफलर (प्रदीप रोदन), यशोधरा (हरिबोल काफ्ले), शून्यको मूल्य (डा.नवराज केसी) र सन्तापको (धून अशोक थापा) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?