रामले अष्ट्रेलियामा तीन प्रतियोगिता खेल्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारी अष्ट्रेलियामा हुने तीन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सोमबार अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।

जुलाई ७ मा डब्लुटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसियना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अष्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाउनुभएको छ ।

रामले के.४४ क्याटगोरीअन्तर्गत ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । रामलाई प्रशिक्षक लामालगायतले सोमबारै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?