जुत्ता चप्पल चोरी पैठारी रोक्न ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनबाट आउने सामानको भन्सार सहज बनाउन माग गर्दै जुत्ता चप्पल व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पललगायतमा सामान भन्सार पास नभएको भन्दै भन्सार सहजीकरण गरिदिन ज्ञापनपत्र बुझाएका हुन् । संघले राज्यले ठूलोमात्रामा राजस्व गुमाएको अवस्थामा भन्सारबाट अवैधरूपमा सामान भित्रिएको जनाएको छ । संघका अध्यक्ष थानेश्वर ज्ञवालीले केरुङ भन्सार नाकालगायत अन्य विभिन्न नाकाबाट अवैधमा जुत्ता चप्पल नेपाल आउँदा भन्सार तिरेर आयात गर्ने व्यवसायी मर्कामा परेको बताउनुभयो ।

भन्सार नतिरी सामान आयात गर्नेसँग वास्तविक व्यवसायीले प्रतिस्पर्धासमेत गर्न नसक्ने अवस्थामा रहेको उहाँको भनाइ थियो । नेपाल चीन व्यापारी नाका केरुङबाट नेपाल भित्रिने सामान एक सातादेखि भन्सार हुन नसक्दा व्यवसायी मारमा परेको ज्ञवालीले बताउनुभयो । अर्थमन्त्री महतले भने भन्सार अवरोध तथा अवैध सामान आयातका विषयमा अनुगमन समिति बनाएर छानबिन गर्ने बताउनुभएको छ । अध्यक्ष ज्ञवालीले नेपालमा दर्ता नभएका विभिन्न ब्राण्डका लोगोमा सक्कली लोगोसरह भन्सार लिने गरेको भन्दै अनुगमन गरी सन्दर्भ मूल्यदरमा भन्सार जाँच पास हुनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले भन्सार नाकामा अवैधरूपमा हुने सामान आयातले राज्यलाई नै घाटा हुने भन्दै अवैधरूपमा हुने जुत्ता चप्पल आयात र नक्कली ब्राण्डका सामानमा रोक लगाउनुपर्ने बताउनुभययो । अन्तर्राष्ट्रिय ब्राण्डका निक एडिडास, पुनालगायतका जुत्ता उत्पादन गरी बिल जारी नगरी बेचबिखन गर्ने समूह सक्रिय रहेको उहाँको भनाइ थियो । संघले सरकारले चाइनिज जुत्ता चप्पललाई दुईदेखि पाँच डलरमा खरिद गरेकोमा आठ डलर मूल्यांकन गरी भन्सार लिने गरेको भन्दै भन्सार शुल्क घटाउन माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?