मापदण्ड बिपरित सञ्चालित औषधि पसल शील

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा मापदण्ड बिपरित सञ्चालनमा रहेका औषधि पसलहरु शील गरिएको छ ।

स्थानीय स्तरबाट व्यापक गुनासो आएपछि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै अनुगमनका क्रममा दुईवटा औषधी पसल शिल गरिएको अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा बिना कागजपत्र संचालित रामग्राम १८ मा रहेको प्रवेश उपचार केन्द्र शिल गरिएको हो ।त्यसैगरी परासिको बुद्ध चोकमा रहेको सन मेडिको नाम गरेको औषधि पसलले अनुगमन समितिले माग गरे अनुरुप कागजपत्र उपलब्ध गराउन नसकेपछि शिल गरिएको छ । मेडिकल सन्चालकलाई आवस्यक कागजात सहित प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।

नविकरण नभएका औषधि पसलहरुलाई नविकरण गर्न निर्देशन दिईएको पाण्डेले बताउनुभयो । अनुगमनका क्रममा औषधी पसलबाट निस्कने फोहरको समेत उचित ब्यवस्थापन गर्न सुचित गरिएको रामग्राम नगरपालिकाकि उपप्रमुख सम्झना चौधरीले बताउनुभयो ।
भारतीय सिमाबाट जिल्लामा सहजै रुपमा भित्रने खाध पदार्थ, फलफुल, तरकारी लगायतका विभिन्न सामाग्रीको अनुगमन र गुण्स्तर मापन नहुदा आम उपभोक्तामा यसले प्रतिकुल असर पारिरहेको छ । चाडपर्व र आकल झुकल वा गुनासो कै आधारमा मात्र अनुगमन हुने गर्दा आम उपभोक्ता ठगिन बाध्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?