इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ‘ए’ सँग नेपाल पराजित

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । श्रीलंकामा भइरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२।५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले अर्धशतक प्रहार गरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?