करण राईको ‘तिम्रै माया लाग्छ’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन चार विजेता गायक करण राईको स्वरमा रहेको गीत ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द/संगीत, महाराज थापाको एरेञ्ज र देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाले निर्देशन गरेको भिडियोमा गायक स्वयं करण र मोडल पूर्णिका सिजापतीको अभिनय छ । टिस्टुङको मनोरम दृश्यमा छायांकन गरिएको भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ । अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप छ ।

समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुति रहेको गीतको भिडियो करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?