दाङ । ७३ बर्षीया एक जना बृद्ध महिलालाई बस भित्र सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले मध्य राति पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका-७ का २० बर्षीय रेशम बिकलाई प्रहरीले बृद्ध महिलामाथि बलात्कार गरिरहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट बिहीबार राति १२ बजेतिर नियन्त्रणमा लिएको हो ।
आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइ फकाइ तुलसीपुर-५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्याइ पालैपालो बलात्कार गरि रहेकै अवस्थामा नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले महिलाको चित्कार सुनेपछि स्थानीयलाई प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको जानकारी दिनुभयो ।
मध्यराति भएको हुँदा घटनाबारे थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच