थाइल्याण्डको समुद्री किनारमा ‘विंक गर्ल’

Read Time = 2 mins

एजेन्सी । पछिल्ला दिनमा प्रिया प्रकाश वारियर थाइल्याण्डमा छुट्टी मनाइरहनु भएको छ । जसका केही तस्वीर उहाँले आफ्नो इन्स्टाग्राम हृयाण्डलमा शेयर गर्नुभएको छ । यी तस्वीरहरूमा प्रिया सधैं झैं सुन्दर देखिनुभएको छ ।

‘विंक गर्ल’को नामले चिनिने प्रिया आफ्नो लुक्सका कारण सामाजिक सञ्जालमा चर्चामा रहने गर्नुहुन्छ । उहाँका सामाजिक सञ्जालमा करोडौं फ्यान छन् । प्रिया धेरै चलचित्रमा नदेखिए पनि सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिनुभएको छ ।

यी तस्वीरमा उहाँ कहिले एक्लै र कहिलेकाहीँ साथीहरूसँग समुद्र तटमा पोज दिइरहेको देख्न सकिन्छ । तस्वीर शेयर गर्दै प्रियाले लेख्नुभएको छ, ‘फि फिको सफा नीलो पानीमा जान कसले जोगिन सक्छ ? मेरा दुई मिल्ने साथीहरू पनि, जो भित्र जाने सोचमा काँपिरहेका थिए । हामी दुवैलाई पौडी खेल्ने थाहा थिएन, तैपनि हामीले स्नोर्कलिंगको सबैभन्दा राम्रो समय बितायौं । माछासँग आराम गर्ने सबैभन्दा राम्रो समय !’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?