बार्सिलोनाको पोस्टमा आर्सनलको पाँच गोल

Read Time = 3 mins

लण्डन । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले बार्सिलोनाको पोस्टमा पाँच गोल गरेको छ । आर्सनलले बार्सिलोनालाई ५-३ गोलअन्तरले पराजित गरेको हो । खेलको सातौँ मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लियो । १३औँ मिनेटमा आर्सनलका बुकायो साकाले बराबरी गोल फर्काउनुभयो ।

३४औँ मिनेटमा ब्राजिलियन राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाउनुभयो । पहिलो हाफअघि काइ हाभर्ट्जको गोलमा पुनः आर्सनलले बराबरी गर्‍यो ।

लिआन्द्रो ट्रोसार्डके ५५औँ मिनेटमा आर्सनललाई अघि बढाउनुभयो । ट्रोसार्डले ७८औँ मिनेटमा अग्रता दोब्बर पार्नुभयो । ८८औँ मिनेटमा बार्सिलोनाका फेरान टोरेसले तेस्रो गोल गर्नुभयो । त्यसको त्यसको एक मिनेटपछि नै फाबिओ भिएराले आर्सनलका लागि पाँचौँ गोल गर्दै जित दिलाउनुभयो ।

बार्सिलोनाले अब प्रि-सिजनमा रियल म्याड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ मा खेल्नेछ । आर्सनलले भने अगस्ट २ मा मोनाकोसँग खेलेपछि अगस्ट ६ मा कम्युनिटी शिल्डका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्‍यो । जुड बेलिङघम र फरवार्ड जोसेलुको गोलमा रियलले २–० को अग्रता हात पा¥यो । रियलले दुवै हाफमा १-१ गोल गरेको थियो । खेलको छैटौँ मिनेटमा नै बेलिङघमले रियललाई अघि बढाउनुभयो । खेलको अन्त्यतिर जोसेलुले गोल गर्दै रियललाई जित दिलाउनुभयो ।

रियलले यसअघि मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३-२ ले हराएको थियो । अब क्लबले जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ । यता म्यानचेस्टर युनाइटेडले भने बोरूसिया डर्टमुण्डसँग जुलाई ३१, लेन्ससँग अगस्ट ५ र एथ्लेटिक बिल्बाओसँग अगस्ट ६ मा खेल्दैछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?