घुम्ती शिविरबाट नौ सय ८४ जनालाई भत्ता वितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले पालिका भित्रका नौ सय ८४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

वडा तहमा संचालन भएको घुम्ती शिविरबाट आर्थिक बर्ष २०७९/०८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिक स्वास्थ्य परिक्षणका साथै आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।

भत्ता लिनका लागि सेवाग्राहीलाई बैकसम्म धाउनु नपरोस भन्नका लागि पालिकाले वडा तहमा नै एनआईसी एसिया बैकको समन्वयमा भत्ता बितरण तथा नविकरण ब्यवस्था मिलाएको अध्यक्ष राईको भनाई रहेको छ । गाउँपालिकाका वडाहरु गत साउन ४ गते देखि ११ गतेसम्म सामाजिक सुरक्षा भत्ता बितरणका लागि घुम्ती शिविर संचालन गरिएको थियो ।

अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण, नवीकरण, जेष्ठ नागरिकहरुको स्वास्थ परिक्षण शिबिर लगायतका बिषयमा गाउँपालिकामा शुक्रवार सरोकारवाला बिचमा समिक्षा कार्यक्रम समेत गरिएको छ । समिक्षामा आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता बितरणलाई थप प्रभावकारीरुपमा संचालन गर्ने निर्णय समेत भएको गाउँपालिकाले जनाएको छ ।

समिक्षामा गाउँपालिका अध्यक्ष सहित एनआईसी एसिया बैंक शाखा कार्यालय बैकुण्ठेका कर्मचारी, पञ्जिकरण शाखाका कर्मचारीहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?