सुनको मूल्य घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?