अख्तियारद्वारा कोटहीमाई गाउँपालिकाका इञ्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उक्त गाउँपालिका-७ अन्तर्गतको सडक पिसीसी ढलान र ग्रावेल गर्ने कार्यको नापजाँचपछि भुक्तानी दिने कार्यमा सेवाग्रहीसँग घुस मागेको आरोप यादवविरुद्ध छ । आयोगको बुटवलस्थित शाखाले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मझगाँवा इञ्जिनियर यादवले कोटेशनमार्फत काम गरी भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेका थिए ।

इन्जिनियर (सेवा करार) यादवको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको भन्दै आयोगले बिगो बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय मागदावी लिई विशेषमा आरोपपत्र दायर गरेको जानकारी दाहालले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?