सुनको मुल्य घट्याे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?