‘एक केटा मादलु पड्का’ भन्दै हरिवंश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विशिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ‘ए केटा मादलु पड्का’ ल्याउनुभएको छ । उहाँकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो । गीतमा उहाँलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ ।

चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमो लोक लयको ‘काउली’ गीत ल्याउनुभएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा हुनुहुन्न थियो । तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज ओलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको उहाँ बताउनुहुन्छ ।

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरूको भाव बोकेको हरिवंश बताउँनुहुन्छ । ‘यो सन्देशमूलक गीत होइन,’ उहाँ भन्नुहुन्छ, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । गीत फाष्ट ट््याकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’

यो गीतको भिडियोमा ‘काउली’कै कलाकार दोहोरिएका छन् । भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयंले अभिनय गर्नुभएको छ । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?