भारतबाट दूधको अवैध आयात रोक्न माग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । डेरी उद्योगीले भारतबाट हुने गरेको दूधको अवैध आयात रोक्न माग गरेका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल, महासचिव हेमचन्द्र खनाल, रितिका डेरीका योगेन्द्र चिमोरिया, एसोसिएसन इलाम जिल्ला अध्यक्ष लक्ष्मी थापा सम्मिलित प्रतिनिधिमण्डलले झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेलाई भेटेर यस्तो माग गरेको हो ।

भारतीय सीमाबाट अवैध रूपमा दूध तथा दूग्धजन्य पदार्थ आयात हुँदा नेपाली दुग्ध उत्पादक कृषक समस्यामा परेको र स्वदेशी दूधको खपत घटेको बताइएको छ । लम्पी स्किन रोगका कारण भारत पनि प्रभावित छ । यस्तो बेला अवैध रूपमा दूध भित्रिँदा थप जोखिम बढेको बताइएको छ । एसोसिएसनका अध्यक्ष दाहालले सरकारले अवैध आयात नरोके डेरी उद्योगी आफैं सीमा नाकामा खटिने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?