भोजपुरमा डेंगु संक्रमितको संख्या एक सय सोह्र

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा डेंगु संक्रमितको संख्या एक सय सोह्र जना पुगेको छ । जिल्लामा बिगतको तुलनामा संक्रमितको संख्यामा बृद्धि हुँदै गइरहेको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार जिल्ला अहिलेसम्म ७० जना पुरुष र ४६ जना महिलामा डेंगु संक्रमण देखिएको छ ।

संक्रमितहरुमा १५ देखि ४९ बर्षसम्मका सवैभन्दा बढी ८४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको तथ्यांकमा उल्लेख छ । यस्तै उमेरगतरुपमा १५ बर्षसम्मका १५ जना र ५० बर्ष भन्दा माथि १७ जनामा डेंगो संक्रमण देखिएको छ ।

पलिकागतरुपमा हेर्दा जिल्ला अस्पतालमा परीक्षण गराउने ६२ जना, पौवादुङमा गाउँपालिका ८, टेम्केमैयुङ गाउँपालिका १३, रामप्रसाद राई गाउँपालिका ४, हतुवागढी गाउँपालिका १०, अरुण गाउँपालिका ८, षडानन्द नगरपालिका ९ र साल्पासिलिछो गाउँपालिकामा २ जना डेंगु संक्रमित देखिएका छन् ।

जनस्वास्थ्य समस्याकारुपमा देखिएको डेंगो संक्रमण नियन्त्रणका लागि सरसफाई सहित बिषाधी छिटने कार्य प्रभावकारी बनाउनु पर्ने स्थानीयको माग रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?