मेची नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । मेची नदीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएकोमा भद्रपुर नगरपालिका(५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो।

उनीसँगै अर्का बालक पनि डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेका थिए।

वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?