कोशी प्रदेशको अध्यक्षमा पाण्डे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । मंगलबार झापामा भएको निर्वाचनमा सर्वजितले अर्का अध्यक्षका प्रत्यासी विप्लव घोषलाई पराजित गर्नुभएको हो । पाण्डेले १९ र घोषले १३ भोट प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्याक्षमा अनुप ढुंगाना १८ भोटका साथ विजयी हुनुभयो । उहाँले अर्का उपाध्यक्षका प्रत्यासी प्रविन थापालाई चार भोटले पराजित गर्नुभयो । सचिवमा टिकाराम पुरीले चार भोटले नै अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित हुनुभयो । टिकारामले १८ र अर्जुनले १४ भोट प्राप्त गर्नुभयो । कोषाध्यक्षमा बिरु श्रेष्ठले चेतनाथ पौडेललाई पाँच भोटले हराउँदै जित्नुभएको छ ।

बिरुले १९ र चेतनाथ पौडेलले १३ भोट प्राप्त गर्नुभयो । सदस्यहरूमा सुरेश गुरागार्इं, सुमेशकुमार हलुवाई, शिवकुमार यादव, सचित आनन्द सुब्बा, मिङ्मा डण्डु शेर्पा, नारद नेपाल, नवीन घिमिरे, रामकृष्ण आचार्य र अम्बिका बुढाथोकी विजयी हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?